अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाउने पायल घोष को हुन् ?

डिसी नेपाल
५ असोज २०७७ ९:५६

मुम्बइ। सामाजिक संजालमा पायल घोषले एउटा पोस्ट गर्दै निर्देशक अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाइन् । उनले आफूलाई न्याय दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरिन् । उनले आफू खतरामा रहेको समेत बताइन् । उनको यो ट्वीटसँगै यो विषयको चर्चा चुलियो । तर, वास्तवमा पायल घोष को हुन् ? यस विषयमा पनि धेरैको चासो बढेको छ ।

पायल घोष अभिनेत्री हुन् जसले हिन्दी र दक्षिण भारतीय फिल्ममा काम गरेकी छिन् । उनले २०१७ मा ऋषि कपूरको फिल्म पटेल की पंजाबी शादीबाट बलिउड डेब्यू गरेकी थिइन् । कोलकाताकी पायलले त्यहीँको सेन्ट पल्स मिशन स्कुलमा पढेकी हुन् । उनले कोलकाताकै स्कटिश चर्च कलेजबाट ग्रयाजुएसन गरेकी हुन् । उनी अहिले मुम्बइमा बस्छिन् ।

१७ वर्षको उमेरमा पायलले बीबीसीको टेलिफिल्म ‘शाप्र्स पेरिल’मा काम गरेकी थिइन् । सैनिक रिचर्ड शार्पको विषयमा बनेको यो टेलिफिल्ममा पायलले बंगाका एक स्वतन्त्रता सेनानीकी छोरीको भूमिका गरेकी थिइन् । पायलले एक क्यानेडियन फिल्ममा पनि काम गरेकी छिन् जसमा उनले स्कुलकी छात्राको भूमिका गरेकी थिइन् ।

पायलका मातापिता उनी अभिनेत्री बनुन् भन्ने चाहँदैनथे त्यसैले कलेजको विदाको समयमा भागेर उनी मुम्बइ पुगेकी थिइन् । उनले मुम्बइमा किशोर एक्टिङ एकेडेमीमा अभिनय सिकिन् । यहाँ उनको भेट चन्द्रशेखर येलेतीसँग भयो जसले उनलाई तेलुगु फिल्म प्रयानममा काम दिए । यसपछि पायलले ओसारावेली, मिस्टर रास्कलजस्ता तेलुगु फिल्ममा काम गरिन् । यसबाहेक उनले वर्षाधारी नामको कन्नड फिल्ममा पनि काम गरेकी छिन् । २०१२ मा पायललाई विवेक अग्नीहोत्रीले आफ्नो फिल्म फ्रिडममा रोल दिएका थिए । यो फिल्म शुटिङ भयो तर रिलिज भएन । फिल्मका अलावा पायलले टिभी सिरियल साथ निभाना साथियामा पनि काम गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *