नेकपा सचिवालय बैठक स्थगित

डिसी नेपाल
५ असोज २०७७ १०:११

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ। आज तीन बजे बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको हो।

आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तीलगायतका विषयमा छलफल गरेको थियो। आज बस्ने बैठकले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड र संवैधानिक निकायमा नियुक्ती लगायतका विषयलाई अन्तिम रुप दिने तय भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *