रिया ड्रग्स केसः सारा, श्रद्धा र रकुल प्रितलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोको नोटिस

डिसी नेपाल
५ असोज २०७७ १३:२२

मुम्बइ। भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले यही हप्ता, सारा अली खान, श्रद्धा कपुर, सिमोन खम्बाटा र रकुल प्रित सिंहलाई सोधपुछको लागि बोलाउने भएको छ । यी चारै जना अभिनेत्रीलाई सोधपुछको लागि नोटिस पठाउने तयारी भइसकेको छ । ब्यूरोले सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीले सोधपुछको क्रममा यी ४ अभिनेत्रीको नाम लिएको दावी गरेको छ ।

सूत्रका अनुसार रिया चक्रवर्तीले सारा अली खान, रकुल प्रित सिंह र सिमोन खम्बाटाको नाम लिएकी हुन् । बताइएअनुसार रिया, सारा र रकुल मुम्बइको एउटै जीममा जान्थे जहाँ यिनीहरुको मित्रता सुरु भएको थियो । यसैबाट नारकोटिक्स कन्ट्रोल ब्यूरोले जाँचमा लिड पाएको थियो । रियाले श्रद्धाको पनि नाम लिएको बताइएको छ । यस्तोमा श्रद्धालाई पनि सोधपुछका लागि बोलाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *