बैंकमा चहलपहल : एक सातामै २१ अर्वनिक्षेप र ९ अर्व कर्जा थपियो

डिसी नेपाल
५ असोज २०७७ १७:३५

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण ठप्प भएको आर्थिक गतिविधि विस्तारै बढ्न थालेको छ। आर्थिक क्रियाकलापामा बृद्धि भएसँगै बैंकिङ कारोबार समेत बढ्न थालेको छ।

सरकारले लकडाउन, निषेधाज्ञा खुलाएसँगै बैंकिङ कारोबार बढ्न थालेको छ। यसैगरी उद्योगी तथा व्यवसायीहरुले दशैंलाई लक्षित गर्दै व्यवसाय संचालन गर्न थालेपछि बैंकमा कारोबार बढेको हो।

नेपाल बैंकर्स संघका अनुसार गत सातामात्र बाणिज्य बैंकहरुमा २१ अर्व रुपैयाँ निक्षेप थपिएको छ। सातामा औसत ५–६ अर्व निक्षेप थपिँदै आएकोमा पछिल्लो साता निक्षेप उच्च बढेको हो।
भदौ २६ गतेसम्म बैंकमा ३४ खर्व ९५ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज २ गतेसम्ममा बढेर ३५ खर्व १६ करोड रुपैयाँ पुगेको छ।

बैंकहरुमा निक्षेपसँगै कर्जा लगानी पनि बढ्न थालेको छ। गत साता बैंकहरुले १३ अर्व रुपैयाँ लगानी बढाएका छन्।

भदौ २६ गतेसम्ममा बाणिज्य बैंकहरुको कर्जा २९ खर्व ४ अर्व रहेकोमा असोज २ गतेसम्ममा बढेर २९ खर्व १३ अर्व रुपैयाँ पुगेको छ।

आर्थिक गतिविधि बढेसँगै कर्जाको माग पनि क्रमशः बढ्दै गएको नेपाल बैंकर्स संघले जनाएको छ। तर, बैंकहरुको क्षमताका आधारमा कर्जा लगानी भने हुन सकेको छैन।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता उच्च भएसँगै बैंकहरुले कर्जा लगानीमा जोड गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *