काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ मा बस्ने
काठमाडौं। महाधिवेशनको विषयमा छलफल गर्न भन्दै नेपाली कााग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। आगामी असोज १९ गतेका लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने भनिएको काँग्रेसको महाधिवेशन कोरोना महामारीक कारण प्रभावित बन्ने देखिएपछि आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो। काँग्रेसका नेताहरुले वर्तमान कार्य समितिको पदावधि ६ महिना थपेर महाधिवेशनको अर्को मिति तोक्ने तयारी छ।
मुख्य सचिब पौडेलले केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कोरोना परीक्षण गरिने जानकारी दिए। उनले भने, ‘कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पीसीआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment