गुल्मीमा काँग्रेस सभापतिमाथि प्रहरीको कुटपिट, दोषीमाथि कारबाही गर्न माग

डिसी नेपाल
५ असोज २०७७ २०:१४

काठमाडौं। गुल्मीमा काँग्रेस सभापतिमाथि प्रहरीले कुटपिट गरेको भन्दै कााग्रेसले आपत्ति प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला सपभापति भुवन श्रेष्ठ र प्रदेश सभापति पूर्ण केसीलगायत नेता कार्यकर्तामाथि प्रहरीले धक्कामुक्का गरेको र उनीहरु घाइते भएको बताएका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले रोकेको र उल्टै दुर्व्यवहार गरेको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यस्तै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस जिल्ला सभापति तथा अन्य नेता कार्यकर्तामाथिग भएको कुटपिटप्रति खेद प्रकट गरेका छन्। उनले दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन्।

नेता पौडेलले भनेका छन्, ‘कम्नियुस्टहरुको सरकार र सत्ताको आडमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको शान्तिपुर्ण विरोध कार्यक्रममा सहभागी हुने क्रममा नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्ण खत्री लगायतका नेपाली काङ्ग्रेसका साथीहरू घाईते भएको घटनाप्रति खेद प्रकट गर्दछु। अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति दिनुहुन्न। तुरुन्त कानूनी दायरामा ल्याई कारवाहीको माग गर्दछु।’

शर्माको विज्ञप्ति

आज असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो ।

कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपुर्व रोकियो । रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरियो ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका साथीहरु घाइते हुनु भयो ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गर्दछ ।

गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *