नेकपा सचिवालय बैठक बस्दै : मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तका विषयमा छलफल हुने

डिसी नेपाल
६ असोज २०७७ ८:१४

काठमाडौं। सत्तारुढ दल नेकपा सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ। आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक बसेको थियो।

बैठकका एजेण्डाका विषयमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो। पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ।

विशेष गरी मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रमुखता पाएको छ। आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा तीनवटा विकल्प प्रस्तुत गरेका थिए। सचिवालय बैठकले ती विकल्पमा छलफल गरेर निष्कर्ष निकालेपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको बालुवाटार निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *