मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

डिसी नेपाल
६ असोज २०७७ ९:४५

काठमाडौं। मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ। सोमबार बस्ने बैठक समयाभावका कारण बस्न नसकेपछि आज बसेको हो। ‘यो नियमति बैठक हो। विभिन्न मन्त्रालयका एजेण्डामा छलफल हुने कार्यसूची छ,’ एक मन्त्रीले डिसी नेपालसँग भने।

मन्त्रिपरिषद बैठकको एजेण्डामा मुख्य सचिव, राजदूत सिफारिस र नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीको एजेण्डा नभएको ती मन्त्रीले जनाए। कोरोना नियन्त्रण र विभिन्न मन्त्रालयका एजेण्डाका विषयमा छलफल हुने बताइएको छ।

मन्त्रिपरिषद बैठक सकिएपछि नेकपा सचिवालय बैठक बस्ने छ। आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने तय भएपनि अन्तिम अवस्थामा आएर स्थगित भएको थियो। आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। तर आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *