नेकपा सचिवालय बैठक बालुवाटारमा

डिसी नेपाल
६ असोज २०७७ १३:१२

काठमाडौं। सत्तारुढ दल नेकपा सचिवलाय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा नियुक्ती बारे बनाइएको सैद्धान्तिक मापदण्डलाई मूर्त रुप लिने विषयमा छलफल भइरहेको छ।

यसैगरी बैठकमा कोरोना महामारी सृजना गरेको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता विषयमा छलफल भइरहेको छ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, गृहमन्त्री राम बहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *