निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित

डिसी नेपाल
६ असोज २०७७ १३:४७
4
Shares

काठमाडौं। मन्त्री परिषदको आजको बैठकले निजामति कर्मचारीको आधिकारीक टे«ड युनियनको चुनाव स्थगित गरेको छ। मन्त्रिपरिषद्को बैठकले यही असोज २४ गते हुने भनिएको टे«ड युनियनको निर्वाचनलाई स्थगित गरेको एक मन्त्रीले डिसी नेपालालाई जानकारी दिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि असोज १ गते सूचना सार्वजनिक गर्दै असोज २४ गते निर्वाचन हुने भएकाले कर्मचारीको सरुवा तथा काजमा काम नगर्ने भनि सूचना प्रकाशित गरेको थियो।

तर, यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै स्थगित गर्न माग गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *