नेकपा सचिवालय बैठक : संवैधानिक निकायमा पदपूर्ती गर्न सरकारलाई आग्रह

डिसी नेपाल
६ असोज २०७७ १५:३०

काठमाडौं। सत्तारुढ दल नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा चाँडो पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले संवैधानिक परिषदको बैठक राखेर संवैधानिक पदहरुमा चाँडो नियुक्त गर्न आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले संवैधानिक बैठकलाई सुचारु गर्न र संवैधानिक निकायमा नियुक्ती गर्ने प्रक्रियामा अगाडि बढ्न सम्बन्धित सबैलाई आग्रह गरेको निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकले सांगठनिक एकीकरणलाई पूर्णता दिन १० दिन भित्र अध्यक्षद्वय केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा ठोस प्रस्ताव लैजाने निर्णय भएको छ।

स्थायी कमिटीको बैठकको निर्णयलाई कार्यान्वयन प्रक्रियामा लैजाने सम्बन्धमा बैठकमा छलफल भएको उक्त निर्णयलाई कार्यान्वयनमा लैजाने सहमति भएको छ। बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *