भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

डिसी नेपाल
६ असोज २०७७ १७:५८

भोजपुर । जिल्लामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ ।

अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको माग अनुरुप नै यो कार्यालय स्थापना गरिएको बताए ।

जिल्लामा दुई हजार दुई सयभन्दा बढी करदाता रहेको कार्यालयको अनुमान छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *