टिचिङ अस्पतालमा डा. केसीको अनशन

डिसी नेपाल
६ असोज २०७७ १९:३६

काठमाडौं। कर्णाली अञ्चलको जुम्लामा अनशन शुरु गरेका चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार काठमाडौं पुगेपछि पनि अनशनलाई निरन्तरता दिएका छन्। अनशन शुरु गरेको १० औ दिन डा. केसी काठमाडौं आएका हुन्। उनले मंगलबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिएका हुन्।

सोमबार नेपालगञ्ज आइपुगेका डा केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौँ ल्याइएको थियो। डा. केसी काठमाडौं पुगेपछि प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याएको थियो। तर, उनले त्यहाँ बस्न मानेनन्। विमानस्थलबाट सोझै डा. केसीलाई ट्रमा सेन्टर लगिएपछि विरोध भएको थियो।

जुम्लाको एक मन्दिरमा अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई काठमाडौँ ल्याइएको हो। नेपालगञ्जमा उपचार गर्न नमानेका केसीले काठमाडौं आएर पनि अनशनलाई निरन्तरता दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *