अर्थ–राजनीतिबारे अध्ययन गर्न चार संसदीय उपसमिति गठन

डिसी नेपाल
६ असोज २०७७ १९:५९

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आर्थिक क्षेत्रबारे अध्ययनका लागि चारवटा उपसमिति गठन गरेएको छ। मंगलबार बसेको बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो।

उपसमिति मध्ये बैंक तथा वित्तीय संस्था उपसमितिमा जुलीकुमारी महतो, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमितिमा पदम गिरी, समष्टिगत आर्थिक नीति अध्ययन उपसमितिमा मेटमणि चौधरी तथा सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमितिम ासत्या पहाडीलाई संयोजक तोकिएको छ। संयोजकबाहेक हरेक समितिमा ५ जना सांसद सदस्य रहेका छन्।

समितिलाई आफ्नो विषय अनुसारको क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि चार महिनाको समय दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। अध्ययनका लागि सबै उपसमितिहरुलाई कार्यक्षेत्र समेत तोकिएको छ।

मंगलबारको बैठकमा बोल्दै समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको अर्थ राजनीतिबारे गहिरो अध्ययन आवश्यक रहेको औंल्याएका थिए।

सांसद सुरेन्द्र पाण्डेले अर्थ राजनीतिको समग्र विषयबारे अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताए। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समितिहरुले सरकारका आर्थिक नीतिलाई बल पुग्नेगरी प्रतिवेदन ल्याउनु सुझाव दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *