सार्वजनिक सवारी चालकको पीडा : ‘स्यानीटाइजर समेत किन्न पैसा उठ्दैन’
काठमाडौ । सार्वजनिक यातायात संचालकले यातायातबाट उठेको रकमले स्यानिटाइजर खरिद गर्नसमेत कठिन परेको गुनासो गरेका छन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ६ महिनाबाट ठप्प रहेको यातायात संचालनमा आएपनि यात्रु नभएकाले उनीहरुलाई कठिन परेको हो।
धादिङको गल्छीबाट नुवाकोट जाँदै गरेको माइक्रो बस संचालक बिशाल मगरले भने, ‘यात्रु छैनन कहाँबाट कमाइ हुनु ।,’ माइक्रो बसमा एकजना मात्रै यात्रु बोकेका उनले भने, ‘देखिहाल्नु भयो एक जना यात्रु हुनुहुन्छ, तेलको के कुरा स्यानिटाइजर किन्न पनि पुग्दैन।’
सरकारले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न गएको चैत्र ११ गतेबाट बन्द गरिएको लामो दुरिको यातायात असोज १ गतेबाट संचालन गरेको छ। यता लामो दुरिको यातायातमा पनि यात्रु भने फाटफुट मात्रामा देखिन्छन।
बुटवलबाट काठमाडौ जादै गरेको यातायातका सहचालक रमेश चौधरीको गुनासो पनि उस्तै छ उनले भने, ‘यात्रु हुदैनन दिदी, चार पाँच जना बोकेर यति लामो बाटो हिड्नु परेको छ।’
सार्वजनिक यातायात संचालनमा ल्याएर कमाइ नभएपछि बन्द गर्न नै उचित हुने कतिपयको राय छ। काठमाडौबाट नुवाकोट आउदै गरेका एक सार्वजनिक यातायात संचालक सौरव पनेरु (नाम परिवर्तन)ले भने, ‘यहाँ सबैको अवस्था उस्तै छ।’
उनले थपे, ‘बसमा २ जना मात्रै हुन्छ्न यो भन्दा त बन्द गर्नु नै उचित हुन्छ। बस धनिलाई हामीले नाफा खाएजस्तो हुने तर यात्रु छदै छैनन।’
यता सर्वसाधारणले भने कोरोनाको उच्च जोखिम बाट बच्न सार्वजनिक यातायात को सट्टा पैदल यात्रा गर्ने गरेको बताउँछन। धादिङको नौबिसेबाट नुवाकोट मदनपुर जान करिव ५ को घण्टा पैदल यात्रा गरिरहेकी कविता अधिकारिले भनिनु ‘सार्वजनिक यातायात भिडभाड होला भनेर हिडेर आएको अलिकति दुख गरेर रोगबाट बचिन्छ भने दुख गर्नु नै राम्रो हुन्छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment