अनशनरत डा. केसीसँग वार्ता गर्न प्रधानमन्त्रीसँग काँग्रेसको माग

डिसी नेपाल
७ असोज २०७७ १८:०१

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग गर्दै अभियन्ता डा. गोविन्द केसीले अनशन शुरु गरेको बुधबार ११ औं पुग्दा पनि सरकारले उनको अनशन तोडाउने प्रयास नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वार्ता गर्न प्रधानमन्त्री केपी ओलीसँग अपील गरेको छ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता तथा माग पूरा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरेका हुन्। जुम्लाको एक मन्दिरमा अनशन शुरु गरेका डा. केसी मंगलबार काठमाडौं आएका थिए। उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन्। अनशनका कारण उनको स्वास्थ्य अवस्थासमेत नाजुक बन्दै गएको उनका सहयोगीहरुले बताएका छन्।

काँग्रेसले भनेको छ, ‘प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा गोविन्द के।सी।सँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन।’ सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने रवैया देखाएको काँग्रेसको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *