चीन–अमेरिका तनावः संसार फेरि शीत युद्धतर्फ धकेलिएको हो ?

डिसी नेपाल
७ असोज २०७७ १६:१०

वाशिङ्टन। अमेरिका र चीनबीच् जारी मौजुदा तनावको झलक सँयुक्त राष्ट्र संघको ७५ औं महासाभामा पनि देखियो। सँयुक्त राष्ट्र संघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि कोरोना भाइरस महामारीका लागि चीनलाई जिम्मेवार ठहर्याए। उनले यो मामिलामा चीनको जवाफदेही तय गरिनुपर्ने बताए।

उता चीनका राष्ट्रपति सी जिनपिङले भने, ‘चीन कुनै पनि मुलुकविरुद्ध शीत युद्धमा जान चाहँदैन।’ अमेरिका र चीन दुबै ठूला वैश्विक शक्ति हुन्। तर, पछिल्लो समय यी दुई मुलुकबीच कैयौं मोर्चामा तनाव भइरहेको छ। केही मुद्दामा त यी दुई मुलुकले एक अर्कालाई धम्कीसमेत दिइसकेका छन्।

न्यूयोर्कमा आयोजित राष्ट्र संघको महासभाको यो वार्षिक शिखर सम्मेलनलाई मूल रुपमा भर्चुअल रुपमा आयोजना गरिएको छ। जसमा सबै वैश्विक नेताहरुले आफ्नो रेकर्ड गरिएको भाषण पठाएका छन्। यस नयाँ प्रारुपले राष्ट्र संघको वार्षिक बैठकमा जुन किसिमले ‘भू राजनीतिक ड्रामा’ देख्न सकिन्थ्यो, त्यो यो वर्ष देखिएन। हरेक मुलुकले आफ्ना एक एक प्रतिनिधिमात्र यो सम्मेलनमा पठाएका छन्। जसका कारण कुनै प्रतिष्पर्धी मुलुकसँग सिधा आरोपप्रत्यारोप हुने सम्भावना कम भएको छ।

तर भाषणका माध्यमबाट यस्तो आरोप्रत्यारोपको सम्भावना भने छ। जस्तै अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा आफ्नो उपलब्धि र विरोधीमाथि आक्रमण गर्नमा उपयोग गरे।

चीनले संसारलाई संक्रमित गर्योः ट्रम्प

आफ्नो भाषणमा राष्ट्रपति ट्रम्पले खुला रुपमा भने, ‘चीन जो यो महामारीलाई संसारभर फैलाउन जिम्मेवार छ, हामीले त्यसको जवाफदेहीता तय गर्नु आवश्यक छ।’

उनले अगाडि थपे, ‘शरुआती दिनहरुमा, जब कोरोनाको संक्रमण फैलियो, चीनले घरेलु उडानमा त प्रतिबन्ध लगायो। तर अन्तर्राष्ट्रिय उडानलाई रोकेन। उडानहरु चीनबाट बाहिर गइरहे र उसले संसारलाई संक्रमण गरिरह्यो। चीनले आफूमाथि मैले लगाएको ट्राभवल ब्यान्डको खण्डन गर्यो। त्यो पनि त्योबेला जब उसले आफ्नो मुलुकमा घरेलु उडानमा रोक लगाइसकेको थियो र आफ्ना नागरिकहरुलाई घरमा कैद गरिसकेको थियो।’

राष्ट्रपति ट्रम्प, जसमाथि कोरोना भाइरसको मामिला आफ्नै रेकर्डहरु प्रश्नको घरेमा छन्, चुनाव उनको टाउकोमा छ। उनले चीनमाथि फेरि आरोप लगाए, ‘उसले महामारीसँग सम्बन्धित सूचनाहरु लुकाउने प्रयास गर्यो।’ ट्रम्पले भने, ‘चीनले यदि चाहेको भए महामारी नियन्त्रण गर्न सक्थ्यो।’

तर चीनले यी आरोपहरुलाई निराधार बताएको छ। सँयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरेसले कोरोना महामारीका सन्दर्भमा भनिसकेका छन्, ‘महामारीको यो अवधिमा स्वार्थको कुनै स्थान छैन। लोकलुभावनावाद र राष्ट्रवाद विफल भएका छन्। बरु भाइरसमा रोक लगाउन यी विचारधाराले चिजलाई अधिक जटिल बनाएको छ।’

तर ट्रम्पले आफ्नो भाषणमा यसको विपरित, नयाँ दृष्टिकोण पेश गरे, ‘जब तपाईँ आफ्ना नागरिकहरुको ध्यान राख्न सक्नुहुन्छ, तब तपाईँलाई सहयोग गर्ने आधार प्राप्त हुनेछ।’

यहीबीचमा अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुईलाख भन्दा धेरै पुगेको छ। जो संसारका सबै देशभन्दा धेरै होर जानकारहरु भन्छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्प संसारका ती छानिएका नेता मध्ये एक हुन्, जो शुरुमा यस महामारीलाई निकै कम आँकिरहेका थिए। जसको मूल्य अमेरिकी नागरिकहरुले चुकाउनु परेको छ।’ चीन र अमेरिकाकाबीच त्यसो त कैयौं मामिलामा तनाव छ, तर अमेरिका व्यापार, प्रविधि र प्रौद्योगिक, हङकङ र चीनको शिनजियांग प्रान्तमा रहेका अल्पसंख्यक मुसलमानहरुको मुद्दामा खुलेर बोलेको छ।

ट्रम्पको जवाफमा चीनले के भन्यो ?

अमेरिकी राष्ट्रपति ट्रम्पको रेकर्ड गरिएको भाषण समाप्त भएपछि तुरुन्त चिनियाँ राष्ट्रपति सिको भाषण शुरु भयो। उनले ‘दुई सभ्याताहरुमाको टकरावसँग सम्बन्धित जोखिमहरु’बारे चेतावनी दिए।

उनले यी दुईबीचको टकरावको परिणाम निकै घातक हुने चेतावनी दिए। सिले आफ्नो भाषणमा भने, ‘हामीले कुराकानीका माध्यमबाट मतभेदहरु र विवादलाई हल गर्ने प्रयास गरिरहने छौं। हामी केवल आफ्नोमात्र विकास मात्र सोच्दैनौं र यो पनि चाहँदै नौ कि विवादका कारण हामी कुनै युद्धमा धकेलियौं।’

यो भाषणभन्दा पहिला सिले टिप्पणी गरेका थिए, ‘कुनै पनि देशलाई यो अधिकार छैन, जो वैश्विक मामिलामा हावी हुने प्रयास गरोस र अर्काको नियतिलाई नियन्त्रण गरोस, यात विकासका सबै अवसरको फाइदा आफैसँग राखोस।’ तर धरै आलोचकहरु ‘चीनमाथि हावी हुने रवैयाँ अपनाएको आरोप लगाउँछन्। उनले राष्ट्र संघको भाषणमा भने, ‘चीन जो ग्रीनहाउस ग्यासको सबैभन्दा ठूलो उत्सर्जक हो, उसको उद्देश्य २०६०सम्म कार्बन तटस्थ रहनु छ।’

के नयाँ शीततर्फ संसार अगाडि बढेको हो ?

सँयुक्त राष्ट्रका महासचिब एन्टोनियो गुटेरेसले महासाभामा छलफलका लागि खुला गरेका थिए। त्यो बेला उनले चीन वा अमेरिकाको नाम नलिएरै चेतावनी दिएका थिए, ‘हामी निकै खराब दिशामा अगाडि बढिरहेका छौं। यो संसार दुई वैश्विक शक्तिहरुको टकरावलाई सहन गर्नका लागि तयार छैन। यसैले हामीले त्यो प्रयास गर्नुपर्छ, जसले नयाँ शीत युद्धलाई टार्न सकिन्छ।’

चीन र अमेरिकाबीचको तनाव, अब अन्य वैविश्वक नेताहरुलाई ‘अन्तर्राष्ट्रिय स्थिरताका लागि खतरा’ महसुस हुन्छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले जुन शब्दमा मौजुदा स्थितिबारे चिन्ता प्रकट गरे, त्यसबाट यो चिन्ताको स्पष्टरुपमा थाहा पनि हुन्छ। उनले भनेका छन्, ‘आज संसार चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विताका लागि छोड्न सकिँदैन।’

अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुको विचार छ, ‘यो समय बहुपक्षवाद सबैभन्दा गम्भीर अव्यवस्थामा छ।’यस्ते समयमा राष्ट्रपति ट्रम्पले आफ्नो वाक्चातुर्यको प्रदर्शन गरे र सँयुक्त राष्ट्रको महासभाको मञ्चलाई एक पटक फेरि चीनलाई आक्रमण गर्न प्रयोग गरे। (बीबीसीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *