निर्वाचन स्थगन गर्ने निर्णयको विरोध

डिसी नेपाल
७ असोज २०७७ १९:५७

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन र आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श विना सरकारले आधिकारिक टे«ड युनियनको घोषित निर्वाचन स्थगन गर्ने निर्णय गरको भन्दै विरोध जनाएको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत लोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न नसक्ने उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । संसदीय दलले आधिकारिक टे«ड युनियन र आवद्ध संस्थाका सबै पक्षसँग परामर्श र सहमतिको आधारमा निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *