अपाङ्गता भएका महिलाको महासङ्घ सार्वजनिक

डिसी नेपाल
८ असोज २०७७ ९:५५

काठमाडाैं। अपाङ्गता भएका महिलाको नयाँ सङ्गठन अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन भएको छ।

एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नारासहित ‘कोभिड १९ ले अपाङ्गता भएका महिलामाथि पारेको प्रभाव’ विषयक भर्चुअल छलफलसहित बुधबार संस्था सार्वजनिक भएको छ। महासङ्घमा अधिकारकर्मी निर्मला धितालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ।

महासङ्घलाई शुभकामना दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि केही मार्गनिर्देशिका, अधिकार सम्बन्धी नियमावली २०७७ पारित गरी कार्यान्वयनमा ल्याएको बताए। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माले नवस्थापित महासङ्घलाई स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *