ड्रग्स कनेक्सनः सुपरस्टार कलाकार, निर्माता निर्देशकसहित ५० हस्तीहरु निशानामा

डिसी नेपाल
८ असोज २०७७ ११:५१

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान गर्दै जाँदा जब ड्रग्स बीचमा आयो त्यसपछि बलिउडमा खलबली मच्चिएको छ । बलिउडका पार्टीहरुमा हुने ड्रग्सको प्रयोगबारे खुलासा हुँदै जाँदा सुपरस्टार हिरो, हिरोइनको नाम पनि बाहिर आउन थालेको छ । सुशान्त केससँग जोडिएका केही व्यक्ति, ड्रग्स तस्करहरु यसअघि पक्राउ परिसकेका छन् । उनीहरुसँगको सोधपुछमा उनीहरुले बलिउडका कैयौं ठूला नामहरुबारे पनि खुलासा गरेका छन् ।

आलै भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले दुई एफआइआर दर्ता गरेको छ र यसको थप अनुसन्धान तीब्र गतिमा भइरहेको छ । एनसीबी स्रोतका अनुसार अहिले एनसीबीको अनुसन्धानको दायरामा ५० बलिउड हस्तीहरु तानिएका छन् । पहिलो एफआइआर १५–२० केसमा सुशान्त सिंह राजपुत र ड्रग्स मामिलामा दीपिका पादुकोण, सिमोन खम्भाटा र रकुल प्रित सिंहसँग सोधपुछ हुनेछ । यी सबैको नाम जया साहाले बताएकी थिइन् । जयाले नै दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको नाम बताएकी थिइन् ।

अर्को एफआइआर १६–२० केसमा श्रद्धा कपूर र सारा अली खान छन् । यी दुवैलाई घरमै गएर एनसीबीले कानुनी नोटिस दिइसकेको छ । यी दुवैसँग ड्रग्स मामिलामा सोधपुछ हुनेछ । यी दुईको नाम रिया चक्रवर्ती र केही ड्रग्स डिलरले लिएका थिए । बताइएअनुसार दीपिका, सिमोन र रकुल प्रितसँग एनसीबीको मुम्बइको कोलाबास्थित गेस्ट हाउसमा सोधपुछ गरिनेछ । सारा अली खान र श्रद्धा कपूरसँग एनसीबीको जोनल अफिसमा सोधपुछ हुनेछ । यससँगै एनसीबीले बलिउडमा पार्टीहरुको पनि जाँच गरिरहेको छ र यो जाँचको दायरामा, निर्माता, निर्देशक, हिरो, हिरोइनसहित ५० जना छन् । उनीहरुले ड्रग्स पार्टी आयोजना गर्ने गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *