कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोना मुक्त

डिसी नेपाल
८ असोज २०७७ १३:३३

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना मुक्त भएका छन्। डा. कोइरालासहित अन्य आठ जना सहयोगी कोरोना मुक्त भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

‘बुधबार राति डाक्टरसाबसहित अन्य आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’ तिवारीले डिसी नेपालसँग भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था ठिक छ। अब एक हप्तापछि नियमित काममा फर्किनु हुन्छ।’

महामन्त्री कोइरालालाई कोरोना पोजेटिभ देखिएपछि ओम अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। महामन्त्री कोइराला गत शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *