छोराको बर्थडे मनाउन पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन्, जब श्रीमतीले श्रीमान छटपटाइरहेको भेटिन्

डिसी नेपाल
८ असोज २०७७ १४:४८

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको गाडीको ठक्करबाट मृत्यु भएको छ।

छाेराको बर्थडे मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन् । बीच बाटोमै उनलाई गाडीले ठक्कर दियो । हिँड्दै बसपार्क पुगेका शंकरलाई विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठक्कर दिएको हो।

पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । उनको बालाजु चौकी अगाडि पसल छ । लामो समय बन्द रहेको पसल खोल्न थालेपछि दिनदिनै मोटरसाइलकमा ‘बालाजुदेखि कपन आवतजावत गर्थे उनी।

गत मंगलबार शंकरको छोरा आशिषको १७ औं ‘बर्थडे’ । छोराको बर्थडे बेलुका मनाउने हो भन्दै शंकरले ६ गते पनि पसल खोले । मोटरसाइकल बिग्रेको कारण पसलसम्म शंकरलाई श्रीमती रोजीले स्कुटीमा छाडिदिइन् ।

मोटरसाइकल नभएका कारण श्रीमतीलाई लिन बोलाएका थिए भने छिटो होस् भनेर नै हिँड्दै सडक नापिरहेका थिए । श्रीमती पनि शंकरलाई लिन स्कुटीमा आइरहेकी थिइन् ।

जब श्रीमतीले श्रीमान छटपटाइरहेको भेटिन्

जतिबेला दुर्घटना भयो । त्यतिनै बेला श्रीमती पनि विनायक अगाडि नै पुगेकी थिइन् । तर, त्यहाँ पुग्दा उनका लागि बज्रपात हुन पुग्यो । घटनास्थलमा मान्छेहरु झुम्मिरहेको बेला श्रीमती रोजी पनि के भएको रहेछ भनेर स्कुटर रोकी हेर्न पुग्दा आफ्नै श्रीमान  छटपटाइरहेकाे देखिन्।

रोजीसँगै अन्य मानिसले शंकरलाई लगत्तै नजिकैको विनायक अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरियो ।

टिचिङ अस्पतालमा उपचारको क्रममा शंकरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए । मंगलबार साँझ अन्दाजी ८ बजेको समयमा सडकमा हिँडिरहेका शंकरलाई गाडीले ठक्कर दिएको खड्काको भनाइ छ ।

यस्तै मृतक पन्तको शव अहिले टिचिङ अस्पतालमै छ । छोराको बर्थडे मनाउने भन्दै शंकरले अघिल्लो दिन सोमबार नै घर नजिकैको बेकरीमा ‘केक’ अर्डर दिएका थिए । तर, शंकरले अर्डर गरेको केक छोराले काट्न पाएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *