रिया ड्रग्स केसः एनसीबीको फन्दामा परिन् अर्की अभिनेत्री, घरमा भेटियो लागूऔषध

डिसी नेपाल
८ असोज २०७७ १५:०४

मुम्बइ। सुशान्त सिंह राजपुतको मृत्युपछि यस विषयमा उनकी गर्लफ्रेण्ड रिया चक्रवर्तीसँग गरिएको सोधपुछबाट खुल्न थालेको बलिउडको लागूऔषधको जालो खुल्दै जान थालेको छ । अब बलिउड फिल्म अभिनेत्री हुँदै यो जालो टेलिभिजन अभिनेत्रीसम्म पुगेको छ । पछिल्लो पटक नारकोटिक्स कन्ट्रोल ब्यूरोले टेलिभिजन अभिनेत्री अबिगेल पाण्डेको घरमा खानतलासी लिँदा लागूऔषध गाँजा बरामद गरेको छ ।

अबिगेल आफ्ना ब्वाइफ्रेण्ड सनम जौहरसँग बस्छिन् । उनीहरु बस्ने घरमा गाँजा पाइएको हो । ब्यूरोलाई यी दुईको बारेमा यसअघि पक्राउ परेका ड्रग्स डिलरले बताएका थिए । एनसीबी सूत्रका अनुसार अबिगेल र सनमले घरमा गाँजा पिउने गरेको पाइएको छ र उनीहरुविरुद्ध लागूऔषध सेवनको केस चलाइनेछ । उनीहरुलाई एनसीबी मुम्बइमा बयान दिनको लागि बोलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *