बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति कांग्रेसद्वारा दुःख व्यक्त

डिसी नेपाल
८ असोज २०७७ १८:२०

काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

त्यसैगरी कांग्रेसले स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ मा एक जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिराले घर पुरिदा पाँच जना बेपत्ता र कपिलवस्तुको बनगाई–डोहोट सडकखण्डअन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति पनि दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

पहिरोमा परी जीवन गुमाएका सबैमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै काग्रेसले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै काग्रेसले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *