सर्वोच्च अदालतले कित्ताकाटबारे भएका सबै निर्णयको फाईल माग्यो

डिसी नेपाल
८ असोज २०७७ २०:५९

काठमाडौं। सर्वोच्च अदालतले जग्गाको कित्ताकाटबारे हालसम्म भएका सबै निर्णयको फाईल मागेको छ। बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा र न्यायधीश अनिलकुमार सिन्हाको इजलासलृ फाईल मगाउने आदेश दिएको हो।

२०७४ फागुृन ११ देखि बन्द रहेको जग्गाको कित्ताकाट गएको भदौ १८ गते खुला गरिएपछि सर्वोच्चमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बिहीबार यस्तो आदेश दिएको हो।

सर्वोच्चले खेतियोग्य जमिन खण्डिकरण हुनबाट रोक्न भन्दै तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले २०७४ साउन २६ गते गरेको खेतियोग्य जमिन खण्डिकरण नियन्त्रण गर्ने निर्णय, त्यसपछि मन्त्रालयले फागुन २०७४ फागुन ११ गतेको निर्देशनात्मक आदेश र गएको भदौ १९ गते भूमि सुधार तथा व्यवस्थामन्त्री पद्मा अर्यालले कित्ताकाट रोक्का फुकुवा गर्ने निर्णयको सक्कल फाईल मगाएको हो।

सर्वोच्चले सो रिटमाथि सुनुवाई गर्न यही असोज २० गतेलाई पेसी तोकेको छ।

सर्वोच्चले यसअघि नै मन्त्री अर्यालले गरेको कित्ताकाट रोक्का फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *