प्रदेश सरकारले निर्माण गर्ने योजनाहरु अपाङ्गता, महिला तथा बालमैत्री हुने

डिसी नेपाल
८ असोज २०७७ २३:३९

वाग्मती। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गतामैत्री, महिलामैत्री तथा बालमैत्री हुने बताएका छन्।

अपाङ्गताको क्षेत्रमा काम गर्ने स्वावलम्बन जीवन केन्द्र, ललितपुरका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री फुयाँलले सरोकारवालाहरुले उठाएका मागहरु जायज र सम्बोधन गर्न आवश्यक रहेकोले सरकार माग पुरा गर्न तत्पर रहेको बताए। उनले शारीरिक क्षमताका आधारमा नागरिकले प्राप्त गर्ने सेवामा फरक हुन नहुने भन्दै हरेक फरक क्षमता भएका व्यक्तिहरुको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

फुयाँलले पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण हुने, विद्युतीय सवारी सञ्चालनका लागि वाग्मती प्रदेशले बनाउन लागेको चार्जिङ्ग स्टेशनहरु र सार्वजनिक शौचालयहरु बाल, महिला तथा अपाङ्गतामैत्री बन्ने नीति लिइएको बताए। उनले सार्वजनिक सडकहरु तथा परिवहन पूर्वाधारहरु अपाङ्गतामैत्री हुनेगरी “प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको व्यवस्था गर्न बनेको विधेयक, २०७७” प्रदेशसभामा विचाराधीन रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *