भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो १.५४ बिलियन रुपैयाँ
काठमाडौं। भारतले नेपालमा भूकम्पपछिको पुनर्निमाणका लागि १.५४ बिलियन नेपाली रुपैयाँ सहयोग गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका मिशन उपप्रमुख नम्या खम्पाले २२ सेप्टेम्बरमा नेपालका अर्थ सचिब शिशिर ढुंगनालाई १.५४ बिलियन रुपैयाँको चेक दिएको एएनआई समाचार एजेन्सीले जनाएको छ।
पछिल्लो सहयोगसँगै भारतले पुनर्निर्माणका लागि नेपाललाई दिने भनिएको अनुदान मध्ये ७२ मिलियन अमेरिकी डलर दिइएको भारतले जनाएको छ। भारतीय सहयोगमा गोखरा र नुवाकोटमा ५० हजार घर निर्माणका गरिँदै छन्। ती मध्ये ९२ प्रतिशत घर निर्माण भइसकेको जनाइएको छ।
यस्तै भारतले ५० मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट ७० विद्यालय र एक पुस्तकालय निर्माण गरिने जनाएको छ। यो सहयोग मध्ये ४.२ मिलियन अमेरिकी डलर सहयो दिइसकेको भारतले जनाएको छ।
भारतले १५० मिलियन अमेरिकी अनुदान र आवास क्षेत्र निर्माणका लागि ऋण दिने प्रतिवद्धता गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment