होटलमा बासी खाना बिक्री हुने गरेको सर्वसाधारणको गुनासो,व्यवसायी भन्छनः रहर होइन बाध्यता

डिसी नेपाल
९ असोज २०७७ १२:११

काठमाडौँ । लामो समयपछि संचालनमा आएको होटल व्यवसायीले बासी खाना बिक्री गर्ने गरेको सर्वसाधारणले गुनासो गरेका छ्न्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को प्रभावको कारण ठप्प रहेको होटलव्यवसाय संचालन भएसँगै खाजादेखि खानासम्म बासी बिक्री गर्ने गरेको सर्वसाधारणले गुनासो गरेका हुन्।

काठमाडौ कलंकी बसोबास गर्ने हरिबोल ढकालले गुनासो गरे,  ‘म पहिलेबाट बाहिर खाना खान्छु, तर अहिले होटलले राम्रो खाना दिन छोडेको छ।हिजो मलाइ पेट दुखेर डर नै लाग्यो। राम्रो होटल हो तर खै किन यस्तो गरेका हुन्।’

केही दिनयता उपत्यका सहितका जिल्लाका सबैजसो कार्यालयहरु खुलेका छ्न्। कार्यालयमा काम गर्दा खाजा खान बाध्य हुनुपर्ने तर होटलमा स्वस्थ खाजा नपाइने भन्दै धादिङ स्थित एक सहकारीमा काम गर्ने रोहन भट्टराईले भने, ‘काम गर्दागर्दै भोक लाग्छ खानु नै प-यो तर प्राय बासी खाजा आउँछ।’
सहरी क्षेत्रका मात्रै नभएर गाउँघरका सानातिना होटलले समेत बासी सामाग्री बिक्री गर्ने गरेको सर्वसाधारणको गुनासो छ।

यता होटल व्यवसायीले भने बासी सामाग्री बिक्री गर्ने रहर नभएर बाध्यता रहेको गुनासो गरेका छ्न्। काठमाडाैंको कलंकी चोकमा होटल व्यवसाय गर्ने मिलन श्रेष्ठले भने, ‘व्यापार हुँदैन कति फाल्नु, यति त जान्छ होला भनेर थोरै सामाग्री तयार पा-यो त्यही पनि कट्दैन।’

होटल संचालनमा आएपनी पहिलेको तुलनामा एकदमै कम व्यापार हुने होटल व्यवसायी बताउँछ्न्। धादिङको गल्छी चोकका होटल व्यापारी सौरव नेपाल (नाम परिवर्तन) ले गुनासो गरे। ‘व्यापार नै छैन, हामी पनि मारमा छौं’, ‘यो भन्दा अगाडि बासी भन्ने थाहा थिएन नढाटी भन्नुपर्दा अहिले बासी सामान रहन्छ त बेच्नै प-यो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *