नबिल बैंकले ल्यायो ‘नबिल ग्रिन पिन’ सेवा

डिसी नेपाल
९ असोज २०७७ १५:३५

काठमाडौँ । नबिल बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बंैकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ ।

नयाँ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहक महानुभावहरुलाई उपलब्ध गराउन नबिल बैंकले ग्रिन पिन सेवा मार्पmत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहक महानुभावहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिन मार्पmत पिन सेट अथवा रिसेट गर्न ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मेसिनमा राखेर ‘जेनेरेट ओ टी पी’ फर पिन मेनु छान्नु पर्नेछ ।

त्यस पश्चात ग्राहक महानुभावहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ‘ओ टी पी’ प्राप्त हुनेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले “इन्टर ओ टी पी टु चेन्ज योर पिन” मेनु छनौट गरि प्राप्त भएको ‘ओ टी पी’ राखेर पिन सेट अथवा रिसेट गर्न सकिनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्पmत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको जनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *