कुवा सफा गर्ने र उद्धारका लागि गएका गरी २ जनाकाे इनारमा डुबेर मृत्यु

डिसी नेपाल
९ असोज २०७७ १५:५२

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका–७ स्थित इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ। दुवै जनाको शव नेपाली सेनाको सुनाचुरी व्यारेकबाट आएको टोलीले निकालेको वडा नम्बर ७ का वडाअध्यक्ष ठाकुर राम तितुङले डिसी नेपाललाई जानकारी दिए।

‘इनारका मालिक समेत रहेका ३० वर्षका सुरज शाह इनार सफा गर्न भन्दै कुवामा छिरेका थिए।’ वडाअध्यक्ष तितुङले भने, ‘करिव ३२ फिट गहिरो कुवामा फसेका उनलाई निकाल्न गएका छिमेकी उत्सव दर्जी पनि इनामा फसेका थिए।’ दुवैको उद्धारका लागि गएका अर्का एकजना नवराज लो पनि विच कुवामै बेहोस भएपछि नेपाली सेनाको टोलीलाई बोलाइएको वडा अध्यक्ष तितुङले जानकारी दिए।

कुवामा बेहोस भएका लो चितवन मेडिकल कलेजमा उपचार गरेपछि होसमा आएका छन्। वडाअध्यक्ष तितुङले भने, ‘अरु दुई जनाको शव पोस्टमार्टमार्टमका लागि हेटौडा लगिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *