रहेनन् ‘सलमान खानका आवाज’ बालासुब्रमन्यम, हिजोमात्रै गरेका थिए स्वास्थ्यलाभको कामना

डिसी नेपाल
९ असोज २०७७ १६:२२

मुम्बइ। बलिउडमा सलमान खानले अभिनय गरेका कैयौं दर्जन गीतमा आवाज दिएका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन भएको छ । ७४ वर्षका दिग्गज संगीतज्ञ बालासुब्रमन्यमको शुक्रबार निधन भएको थियो । बलिउडमा सलमान खानका सांगीतिक आवाजका रुपमा चर्चित बालासुब्रमन्यमले सलमानलाई बलिउडमा स्थापित गराउन पनि स्वरको माध्यमले उल्लेख्य योगदान दिएका थिए । सलमानले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बालासुब्रमन्यमले दिन्दी फिल्म उद्योगलाई कैयौं कालजयी गीत दिएका छन् । उनका गीतले सलमान खानलाई पहिचान दिलाए । एसपी बालासुब्रमन्यमले सलमान खानको फिल्मका लागि जति पनि गीत गाएका थिए ती सबैजसो गीत हिट भएका थिए । बालासुब्रमन्यमको शव आज साँझ ४ बजेपछि अस्पतालबाट लैजाने कार्यक्रम छ । सलमान खानले हिजोमात्र ट्वीटमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

एसपी बालासुब्रमन्यमका फ्यानले उनको चेन्नइस्थित घरमा उनको अन्तिम दर्शन गर्न सकुन् भन्ने व्यवस्था मिलाउन उनको परिवारको अनुमति लिने प्रयास भइरहेको छ । उनको शव अन्मि दर्शनका लागि उनको फार्महाउसमा राख्न सकिने सम्भावना छ । केही दिनदेखि उनी अस्वस्थ थिए । उनलाई लाइफ सपोर्टमा राखिएको थियो । उनलाई ५ अगष्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । १३ सेप्टेम्बरमा उनी कोरोना संक्रमण ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *