दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
१० असोज २०७७ ६:५६

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नं.को ट्रकले ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते हुनुभएको थियो।

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *