ड्रग्स केसः आज दीपिका, सारा र श्रद्धासँग सोधपुछ गरिँदै, यी हुन् ३ जनालाई सोधिने ६२ प्रश्न
मुम्बइ। बलिउडको ड्रग्स जालोका विषयमा अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले आज बलिउडका टप हिरोइनहरुसँग सोधपुछ गर्दैछ । दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग आज सोधपुछ गर्ने तालिका छ । दीपिका एनसीबीको गेस्ट हाउस पुगिसकेको भारतीय मिडियाले जनाएका छन् । एक भारतीय मिडियाले उनीहरुसँग सोधिने प्रश्नहरुको सूची नै सार्वजनिक गरेको छ ।
सारा अली खानसँग सोधिने २७ प्रश्न
१. आफ्नो मोवाइल नम्बर बताउनुहोस् ?
२. कति वटा मोवाइल प्रयोग गर्नुहुन्छ ?
३. यो नम्बर कति समयदेखि प्रयोग गर्दै हुनुहुन्छ ?
४. सुशांतलाई पहिलोपटक कहिले र कसरी भेट्नुभयो ?
५. पहिलो पटक तपाईले रियालाई कहिले र कसरी भेट्नुभयो?
६. सुशान्तसँग तपाइँ कति समयसम्म सम्बन्धमा रहनुभयो ?
७. के तपाईं लागूपदार्थ पनि लिनुहुन्छ ?
८. यदि तपाईं उपभोग गर्नुहुन्छ भने कहिलेकाहीँ कि बानी नै छ ?
९. के तपाईंले सुशांतसँग केदारनाथ फिल्मको शुट समयमा ड्रग्स प्रयोग गर्नुभयो?
१०. रियाले एउटा बयान दिएकी छिन् जसमा उनले भनेकी छिन् कि उनलाई थाहा छ तपाईं र सुशांतले ड्रग्स लिनुभयो ?
११. कुन ड्रग्स तपाईंले सेवन गर्नुभयो ? कति पटक र कोसँग ?
१२. के तपाईंले सुशांतसँग केदारनाथ फिल्मको शुट समयमा ड्रग्स प्रयोग गर्नुभयो ?
१३. केदारनाथ फिल्मको शुटिङको क्रममा ड्रग्स कहाँबाट मगाइन्थ्यो ? त्यसको पैसा कसले दिन्थ्यो ? डेलिभरीको लागि को आउँथ्यो ?
१४. हामीसँग जानकारी छ कि सुशांतले केदारनाथ फिल्मको शुटिंगको क्रममा अधिक ड्रग्स सेवन गरे, रियाले यसबारे धेरै जानकारी दिएकी छिन्।
१५. पावना फार्महाउसमा हुने पार्टीमा लागूपदार्थ सेवन हुन्थ्यो, प्रमाण हामीसँग छ, विस्तारमा बताउनुहोस् तपाइँ कहिले–कहिले र कतिपटक फार्महाउसमा जानुभयो ?
१६. हामीसँग बोटमेनको बयान, सुशांतका चालकको बयान, फार्महाउस सुपरभाइजर रइसको बयान, र रियाको बयान पनि छ।
१७. रियाले लागूपदार्थको बारेमा तपाइँको बिरूद्ध बयान दिइन् । विस्तारमा बताउनुहोस् ।
१८. कति पटक तपाईंले सुशांतसँग ड्रग्स सेवन गर्नुभयो ?
१९. तपाईंले समूहमा ड्रग्स कति पटक सेवन गर्नुभयो, त्यो समूहमा को को थिए ?
२०. तपाई सुशांतसँग थाईल्याण्ड कहिले जानुभयो ?
२१. के थाईल्याण्डको भ्रमणमा लागूपदार्थ सेवन गरिएको थियो ? त्यो यात्रामा अरु को थिए?
२२. के तपाईं जया साहालाई चिन्नुहुन्छ ?
२३. के तपाई कहिल्यै केडब्लुएनको पार्टीमा जानुभयो ?
२४. तपाईंलाई थाहा छ कि लागूपदार्थ सेवन एक कानुनी अपराध हो ?
२५. के तपाईं ड्रग्सको प्रयोगका लागि व्हाट्सएप ग्रुप पनि संलग्न हुनुभयो ? यदि हो भने त्यो ग्रुपमा अरु को संलग्न थिए?
२६. के तपाईं कुनै ड्रग प्याडलरसंग सम्पर्कमा हुनुहुन्थ्यो वा के तपाईंले कहिल्यै उनीबाट लागुपदार्थ किन्नुभयो ?
२७. किनेको भए कहिले र कसको लागि ?
एनसीबी स्रोतबाट प्राप्त सूचना अनुसार यी ९ वटा प्रश्न दीपिकाबाट सोध्न सकिन्छ
१. के दीपिकाले डिप्रेसनको सिकार भएपछि ड्रग्स लिन शुरू गरेकी हुन् ?
२. के दीपिका डिप्रेशनको समयमा नै क्वानकी म्यानेजर करिष्माको सम्पर्कमा आइन् ?
३. के करिश्मासँग डिप्रेसनको बारेमा कुरा गर्दैगर्दा उनी ड्रग्सको संसारमा छिरिन् ?
४. के दीपिकालाई बलिउड पार्टीहरूबाट लागुपदार्थको लत लाग्यो ?
५. दीपिका पादुकोणले ड्रग्स कहाँबाट पाउँथिन् ?
६. के उनले क्वानी म्यानेजरबाट हरेक पटक ड्रग्स मगाउँथिन् ?
७. वा त्यहाँ अर्का पेडलर जो दीपिकाको सम्पर्कमा थिए ?
८. बलिउडमा ड्रग्स अक्सर पार्टीहरूमा बढी लिइन्छ, त्यसो भए दीपिकाका अरु ड्रग पार्टनरहरू को हुन् ?
९. दीपिकाको साथमा अरु कोको सेलिब्रेटीहरु यो ड्रग्स नेटवर्कमा छन् ?
एनसीबीले श्रद्धालाई सोध्नका लागि तयार गरेका प्रश्नहरूको सूची
१. आफ्नो मोवाइल नम्बर बताउनुहोस् ?
२. कति वटा मोवाइल प्रयोग गर्नुहुन्छ ?
३. यो नम्बर कति समयदेखि प्रयोग गर्दै हुनुहुन्छ ?
४. सुशांतलाई पहिलोपटक कहिले र कसरी भेट्नुभयो ?
५. पहिलो पटक तपाईले रियालाई कहिले र कसरी भेट्नुभयो ?
६. १८ मार्च २०१९ पावनामा फिल्म छिछोरेको पार्टी भएको थियो, हो कि होइन ?
७. त्यो पार्टीमा के भयो ?
८. के ड्रग्सको सेवन गरियो ?
९. के तपाईं पनि लागूपदार्थ लिनुहुन्छ?
१०. यदि सेवन गर्नुहुन्छ भने बानी हो कि कहिलेकाहीँ ?
११. त्यो पार्टीमा लागूपदार्थ सेवन गरिएको थियो। हामीसंग प्रमाण छ, कृपया यो स्पष्ट गर्नुहोस्।
१२. हामीसँग बोटमेनको बयान, सुशांतका चालकको बयान, फार्महाउस सुपरभाइजर रइसको बयान, र रियाको बयान पनि छ।
१३. रियाले तपाईको विरुद्ध लागूपदार्थका विषयमा बयान दिएकी छिन् । यसलाई स्पष्ट पार्नुहोस् ।
१४. तपाईंले सुशान्तसँग कति पटक ड्रग्स सेजा गर्नुभयो ?
१५. के तपाईले समूहमा लागूपदार्थ सेवन गर्नुभयो? त्यस समूहमा हरु कोको थिए ?
१६. जया साहलाई कहिले र कसरी भेट्नुभयो ?
१७. तपाइँको जया साहासँगको ड्रग्स च्याट हामीसँग छ । कृपया यसलाई स्पष्ट पार्नुहोस् ।
१८. त्यो कुराकानीको बारेमा हामीलाई बताउनुहोस्।
१९. एसएलबी को हो ? जोसँग तपाई भेट गर्न चाहानुहुन्छ र किन?
२०. के उसलाई भेट्नुभयो ? कति पटक ?
२१. के तपाईं सीबीडी आयल ड्रग्स सेवन गर्नुहुन्छ ? वा यो ड्रग्स अरु कसैको लागि मगाउँदै हुनुहुन्थ्यो ?
२२. जयाले सीबीडी आयल को जिन्दलसँगबाट तपाइँलाई पठाउने कुरा गर्दैछिन् ? विस्तारमा बताउनुहोस् ।
२३. के तपाईंलाई थाहा छ लागूपदार्थ सेवन एउटा गैरकानुनी अपराध हो ?
२४. तपाईं यो च्याटमा ग्रुप एडमिन हुनुहुन्थ्यो ? ग्रुपमा कोको थिए ?
२५. के तपाईं करिश्मालाई चिन्नुहुन्छ ?
२६. के तपाईंले सारासँग ड्रग्स लिनुभयो ?
Facebook Comment