ड्रग्ससम्बन्धी च्याट आफैंले गरेको दीपिकाले स्वीकारिन्

डिसी नेपाल
१० असोज २०७७ १६:००

काठमाडौं। ड्रग्ससम्बन्धी केसमा बलिउड अभिनेत्री दीपिका पादुकोणसँग सोधपुछ जारी छ । उनलाई उनकी म्यानेजर करिश्मा प्रकाशको अगाडि राखेर पनि सोधपुछ गरिने बताइएको छ । भारतीय मिडियाले स्रोतको हवाला दिँदै दिएको जानकारी अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो दीपिकाले दिएको जवाफसँग सन्तुष्ट छैन । दीपिकाको जवाफ एनसीबीलाई ठिक नलागेको र उनीसँग लगातार प्रश्न सोधेर उनीबाट जानकारी निकाल्ने प्रयास गरिरहेको छ ।

यही बीचमा दीपिकाले सार्वजनिक भएको ह्याट्सएप च्याटमा कुराकान आफैंले गरेको स्वीकार गरेको भारतीय मिडियाले लेखेका छन् । उनको यो स्वीकारोक्तिलाई निकै महत्वपूर्ण मानिएको छ । त्यही च्याटमा दीपिका र करिश्माको ड्रग्सका बारे कुरा भएको छ । यसरी यो च्याट आफ्नै भएको स्वीकार गर्दा दीपिका कठिनाइमा पर्न सक्ने विश्लेषण गरिएको छ ।

अर्कोतर्फ दीपिका र करिश्मा पूरै तयारी गरेर आएको पनि आशंका गरिएको छ । किनकि यसअघि करिश्मालाई सोधपुछका लागि बोलाइँदा उनले त्यतिबेला आउन नसक्ने बताएकी थिइन् । एनसीबीले नोटिस दिँदा उनले आफू बिरामी भएकोले सेप्टेम्बर २५ मा मात्र आउन सक्ने बताएकी थिइन् । जब करिश्मा गोवाबाट आइन्, दीपिका पनि साथमा थिइन् । यो बीचमा उनीहरुले परामर्श गरेर तयारी गरेको हुनसक्ने एनसीबीको आशंका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *