प्रधानन्यायाधीश राणासँग धेरै आशा थियो तर केही भएन : हेम पाठक, भ्रष्टाचार विरोधी अभियन्ता
वासिंगटन डिसी। अर्बौं अर्वका भ्रष्टाचारका मुद्धामा न्यायालयले गरेको फैशला हेर्दा भ्रष्टाचार नियन्त्रण गर्न न्यायालयप्रति पनि आशा गर्न नसकिने अवस्था आएको भ्रष्ट्रचार विरोधी अभियन्ता हेम पाठकले बताएका छन्।
डिसी नेपालसँगको कुराकानीमा पाठकले प्रधानन्यायाधीश हुनुअघि चोलेन्द्रसमेशर राणाबाट धेरै आशा गरिएको बताए। ‘हामी काठमाडौंको वडा नं ३२ मा बस्ने छिमेकी हौं, उहाँ न्यायालयको नेतृत्वमा आएपछिचाहिँ केही हुन्छ कि भन्ने लागेको थियो तर यसबीचका फैशलाहरु हेर्दा न्यायालयसँग पनि आशा गर्न सकिने ठाउँ बाँकी रह्यो र?,’ पाठकले भने, ‘नेपालमा भ्रष्टाचार संस्थागत भएको छ।’
नेपालमा राज्यको नेतृत्वबाट भ्रष्टहरुको संरक्षण भएको उदाहरण पेश गर्दै उनले बालुवाटार जग्गा प्रकरणमा आफूले नेकपाका महासचिव विष्णु पौडेललाई कारवाही गर्न पार्टीका दुवै अध्यक्षलाई पत्र लेखेको भए पनि कारवाही नभएको र परिणामस्वरुप भ्रष्टाचारीमाथि कारवाही नहुने विश्वास बढेकाले वडा वडासम्म भ्रष्टाचार गरे केही हुन्न सन्देश गएको बताए।
‘उहाँले आर्थिक हैसियत बहुदल आएदेखि नै म जान्दछु, त्यो जग्गा पैसा नै हालेर किन्नु भएको होला तर त्यो रकम कहाँबाट र कसरी आयो भन्ने देखाउनु पर्दैन?,’ पाठकले भने, ‘भ्रष्टाचार भयो भनेर कुरा आउँछ अनि छानविन हुनुअघि नै प्रधानमन्त्रीले त्यहाँ भ्रष्टाचार भएको छैन भन्नु हुन्छ अनि छानविन र कारवाही कसरी सम्भव छ?’
भ्रष्टाचारीबिरुद्ध गीत प्रतियोगिता, कविता प्रतियोगिता गराई पुरस्कृत गर्ने तथा पत्रकारितामा समेत पुरस्कार दिँदै भ्रष्टाचारविरोधी अभियान चलाइरहेका अभियन्ता पाठकले भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नु पर्ने बताए।
राजनीतिक नेतृत्वबाट भ्रष्टाचार नियन्त्रण सम्भव नदेखिएकाले अव जनताले नै भ्रष्टाचारीलाई बहिस्कार गरेर भ्रष्टाचार नियन्त्रणको अभियान चलाउनु पर्ने र त्यस्तो अभियानमा आफू सक्रिय सहभागी हुने पाठकले बताए। यस्तो अभियानको नेतृत्व गर्दै राजनीतिमा आउने विचार पो हो कि भन्ने डिसी नेपालको प्रश्नमा पाठकले भने, ‘राजनीति गर्नेलाई समाजले घृणा गर्न थालिसकेको छ, म त्यो घृणित व्यक्ति बन्न चाहन्न।’
अमेरिकाको टेक्सासमा बस्दै आएका अभियन्ता पाठकसँग डिसी नेपालका सन्देशकुमार खड्काले गरेको भिडियो संवाद
No ads found for this position

डिसी नेपाल
Facebook Comment