सोधपुछका क्रममा दीपिकाको अगाडि एनसीबीका अधिकारीले किन हात जोड्नुपर्‍यो ?

डिसी नेपाल
११ असोज २०७७ १२:०४

मुम्बइ। भारतको नारकोटिक्स ब्यूरोले शनिबार बलिउडका तीन चर्चित अभिनेत्रीहरुसँग सोधपुछ गर्यो । यस क्रममा दीपिका ३ पटक रोएको खुलासा भएको छ । जानकारीका अनुसार एनसीबीका अधिकारहिरुले दीपिकासँग सोधपुछ गरिरहेका थिए यस क्रममा दीपिका ३ पटक रोइन् । दीपिका रोएपछि एनसीबीका अधिकारीहरुले उनलाई ‘इमोसनल कार्ड’ नखेल्न चेतावनी दिएका थिए ।

एनसीबीका अधिकारीहरुले उचिएर हात जोडेर दीपिकालाई रुनुको सट्टा सत्य बोल्न भनेका थिए । उनीहरुले दीपिकालाई उनले सबथोक सत्य बताएमा मात्र उनको लागि राम्रो हुने बताएका थिए । एनसीबीले दीपिकाको मोवाइल पनि जफत गरेको छ र अब जाँच पनि त्यही दिशामा अघि बढ्नेछ । उनको फोनको जाँचबाट ब्यूरोले उनको कुनै ड्रग्स डिलरसँग सम्बन्ध थियो कि थिएन भन्ने अनुसन्धान गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *