ओली–प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल

डिसी नेपाल
११ असोज २०७७ १२:१८

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार विहान प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए।

अध्यक्षद्वयबीच मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा पदाधिकारी नियुक्ती तथा पार्टी एकताकाे बाँकी कामलाइ पूर्णाता दिने विषयमा  छलफल भएकाे बताइएकाे छ। अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच समसामयिक विषयमा अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला बेला दुई अध्यक्षबीच छलफल भएको हो।  ‘यसअघि भेटको निरन्तरताका रुपमा आज पनि उहाँहरुबीच छलफल भएको हो,’ सापकोटाले डिसी नेपालसँग भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *