नेपाल तेक्वान्दो संघका कर्मचारीहरुमा कोरोना संक्रमण

डिसी नेपाल
११ असोज २०७७ १३:०१

काठमाडौं । नेपाल तेक्वान्दो संघका कर्मचारीहरु कोरोना संक्रमित भएको संघले जनाएको छ । आर्ईतवार संघले जारी गरेको बिज्ञप्ती अनुसार संघको सचिवालयमा कार्यरत दुई जाना कर्मचारीहरुमा कोरोना संक्रमण भएको हो । कर्मचारी संक्रमित भएपछि संघले २०७७ असोज ११ देखी २५ सम्म संघको सचिवालय पूर्ण रुपमा बन्द रहने जनाएको छ ।

उपत्यका भित्रका तीनवटा जिल्ला प्रशासन कार्यालयबाट मिती २०७७ भाद्र ४ गतेदेखी ३१ गतेसम्म जारी गरिएको निषेधज्ञाको समयमा संघको सचिवालय बन्द रहेको र संक्रमित कर्मचारीहरु पनि कार्यालयम अनुपस्थित रहेको अवस्थामा नै संक्रमित भएको संघले जनाएको छ ।

साथै संघले खेलाडी, पदाधिकारी, अन्य कर्मचारी तथा सेवाग्राहीको स्वास्थलाई समेत ध्यानमा राख्दै सचिवालयका अन्य कर्मचारीहरुको पि.सि.आर परिक्षण भईरहेको र सेवा सुचारु गर्नअघि कार्यालय तथा कार्यालय परिसरलाई आवश्यक सर–सफाई गरिने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *