८५० करदाता महानगरको अनलाइन प्रणालीमा जोडिए, १ करोड ६० लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं। १० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ८५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन्।
महानगरलाई तिर्नु बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन प्रणालीबाट भुक्तानी गरेका हुन्। महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बट प्रणाली सञ्चालनमा ल्याएको हो। सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरियो।
यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए।
अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ। आइतबार र सोमबार २ दिन हुने तालिमपछि मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ। यसो भएमा, असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ।
महानगरले प्रयोगमा ल्याएको यस प्रणालीको विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रा. लि.हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment