बाबुरामको माग : बलात्कारीलाई मृत्युदण्ड

डिसी नेपाल
११ असोज २०७७ १९:२८

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। आइतबार साँझ ट्वीट गर्दै उनले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बताएका हुन्।

उनले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको विषय उठाएका हुन्। बझाङकी एक बालिका सम्झाना काकीको बलात्कारपछि हत्या भएको सन्दर्भलाई जोडेर डा. भट्टराईले मृत्युदण्डको विषय उठाएका हुन्।

उनले ट्वीट गरेका छन्, ‘राजतन्त्र कालका नमिता(सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्मको बलात्कार(हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो। अब यसो गरौंः १ अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही। २ अदालतमा छुट्टै बेन्चको स्थापना, ३ अपराधीलाई मृत्युदण्ड !’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *