अवार्ड विजेता अभिनेत्रीको निधन

डिसी नेपाल
१२ असोज २०७७ ८:४९

काठमाडौं। अवार्ड विजेता जापानी अभिनेत्री युको ताकेउची मृत अवस्थामा फेला परेकी छिन् । ४० वर्षकी अभिनेत्री टोक्योस्थित आफ्नो घरमा मृतअवस्थामा फेला परेकी बीबीसीले जनाएको छ । पुलिसले अनुसन्धान अगाडि बढाएको छ । २ सन्तानकी आमा ताकेउचीले आत्महत्या गरेको आशंका गरिएको छ ।

घरमा उनी मृत भेटिँदा उनका अभिनेता पति ताइकी नाकाबायाशी पनि घरमै भएको बताइएको छ । उनको मृत्यु अस्पतालमा पुष्टि भएको हो । ताकेउची जापानमा निकै लोकप्रिय अभिनेत्री थिइन् । ताकेउची १९९८ को जापानी हरर फिल्म रिंगुबाट विश्वप्रसिद्ध भएकी थिइन् जसको हलिउडमा पनि द रिंग नामबाट रिमेक गरिएको थियो । उनले शेरलक होम्समा महिला शेरलक होम्सको भूमिका समेत गरेकी थिइन् । उनले २००७ देखि २००७ सम्म लगातार जापानीज एकेडेमी अवार्डसमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *