विश्वमा कोरोना : मृतकको संख्या दश लाख नाघ्यो, ३ करोड ३३ लाख भन्दा बढी संक्रमित

डिसी नेपाल
१२ असोज २०७७ ९:३६

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३३ लाख भन्दा धेरै पुगेको छ। निको हुनेको संख्या २ करोड ४६ लाख ३३ हजार ६४६ पुग्दा मृत्यु हुनेको संख्या दश लाख नाघेको छ।

संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख ९ हजारको मृत्यु भइसकेको छ। ब्राजिलमा १ लाख ४१ हजारको मृत्यु भधएको छ। भारतमा ९५ हजार, रुसमा २० हजार, कोलम्बियामा २५ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३१ हजार, मेक्सिकोमा ७६ हजार, फ्रान्समा ३१ हजारको मृत्यु भइसकेको छ। नेपालमा ४ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ।

संक्रमितको संख्या बढ्न थालेपछि बेलायतमा विरोधका बावजुद देशको उत्तरी क्षेत्रमा फेरि लकडाउन घोषणा गर्ने तयारी भएको छ। प्रधानमन्त्री बोरिस जनसनले देशमा संक्रमणको दोस्रो लहर चलिरहेको बताएका छन्।

लकडाउनका क्रममा सबै पब, बार तथा रेस्टुरेन्ट बन्द गरिने बताइएको छ। सर्वसाधारणलाई सार्वजनिक स्थलमा भेला हुनसमेत प्रतिबन्ध लगाइने बताइएको छ। यद्यपी केही स्कुल र पसल खोल्न दिइने छ।

उता रुसमा संक्रमणको दोस्रो लहर निकै घातक साविन हुन थालेको छ। आइतबार मस्कोमा मात्रै १६ जनाको मृत्यु भएको थियो। मस्कोमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार १८० पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *