पाकिस्तानी जेहादी समूहको लगानीमा भारतीय सीमा नजिक नेपालमा मस्जिद बनाएको भारतको आरोप

डिसी नेपाल
१२ असोज २०७७ १९:०३

काठमाडौं। भारतले नेपालमा पाकिस्तानी जेहादी समूहको लगानीमा मस्जिद र गेस्ट हाउस निर्माण गरिएको आरोप लगाएको छ। भारतीय गुप्तचर संस्थाको रिपोर्टको हवला दिँदै भारतीय सञ्चार माध्यम आजतकले भारतसँग सीमा जोडिएका रौतहट, बारा, पर्सा, कपिलवस्तु र सुनसीमा मस्जिद र गेस्ट हाउस निर्माण गरिएको बताएको छ।

यी मस्जिद र गेस्ट हाउस पाकिस्तानी समूह दावत ए इस्लामियाको लगानीमा निर्माण भएको उल्लेख गरिएको छ। समाचारमा यी मस्जिद र गेस्ट हाउसमा पाकिस्तान र बंगलादेशबाट आएका कट्टपन्थी बास बस्ने गरेकोसमेत आरोप लगाइएको छ।

तर, भारतीय आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन। नेपाल सरकारको गृह मन्त्रालयका एक अधिकारीले यो विषयमा जानकारी नभएको भन्दै यो विषयमा खोजबिन गरिने बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *