मोटरसाइकलसहित १९ किलो गाँजा बरामद
फाइल
लहान । सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो । गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए।
तस्करले प्रयोग गरेको को २९प १४८७ नं को मोटरसाइकलसमेत बरामद भएको उनले बताए । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उनको भनाइ छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment