लकडाउन गर्ने तयारी छैन, स्कुल र सिनेमा हल बाहेक सबै क्षेत्र खोल्ने तयारी

डिसी नेपाल
१४ असोज २०७७ ९:४३

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ पुगे पुन लकडाउन गर्नुपर्ने बताइरहेका बेला सरकारले भने स्कुल र सिनेमा हल बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने तयारी गरेको छ।

मंगलबार बसेको सीसीएमसीको बैठकमा दशैं अगाडि लकडाउन गर्ने कुनै संभावना नरहेको निष्कर्ष निकाल्दै यसअघि बन्द गरिएका सबै क्षेत्र खुलाउने विषयमा छलफल भएको हो।

हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन्।

स्वास्थ्य मन्त्रालयको मापदण्डलाई ख्याल गर्दै स्कुल र सिनेमा घर बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। सो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबारसम्म जवाफ दिन निर्देशन दिइएको ती मन्त्रीले जानकारी दिए।

सरकारले बन्द रहेका क्षेत्र सुचारु गर्ने लकडाउन नगर्ने नीति लिएपछि संक्रमितको संख्या कसरी घटाउने भन्ने विषयमा कुनै तयारी गरेको छैन।
पछिल्लो समय राजधानी काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ।

दैनिक थपिने कुल संक्रमित मध्ये आधा भन्दा धेरै उपत्यकामा भेटिने गरेका छन्। ‘सीसीएमसीको बैठकमा स्कुल र सिनेमा घर बाहेक हाल बन्द रहेका अन्य सबै क्षेत्र खुला गर्ने विषयमा छलफल भयो,’ एक मन्त्रीले डिसी नेपालसँग भने, ‘त्यस विषयमा स्वास्थ मन्त्रालयलाई बुधबारसम्म जवाफ दिन भनिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *