बाग्लुङका बाढी पहिरो पिडितलाई प्रभु बैँकको आर्थिक सहयोग
बाग्लुङ । बाग्लुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई प्रभु बैँकले आर्थिक सहगोग गरेको छ।
बुर्तिबाङ बजारमा आयोजित एक कार्यक्रमका अवसरमा प्रभु बैंकका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि पाँच लाख सहयोग प्रदान गरेका छन् ।
बाढी पहिरो ग्रसित क्षेत्र ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री राम शरण बस्नेतबाट आजै बिशेष निरिक्षण भयो ।
उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment