‘भर्चुअल महाधिवेशन’ गर्न एनआरएनएलाई नेपाल सरकारको अनुमति

डिसी नेपाल
१६ असोज २०७७ १०:५३

काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएएन) लाई ‘भर्चुअल महाअधिवेशन’ गर्ने अनुमति दिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको प्रस्ताव अनुरुप परराष्ट्रमन्त्रालय विहीवार स्वीकृत दिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ ।

संघका अध्यक्ष कुमार पन्तले संघको पदाधिकारी बैठक बसेर छिट्टै विषेश महाधिवेशनको मितितय गरिने बताए । परराष्ट्र मन्त्रालयले भर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्रहरु मन्त्रालयमा पेश गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णय प्रकृया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेश गर्नुपर्ने छ ।

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्न संघले विषेश महाधिवेशन बोलाउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *