सात नेपाली लिएर अमेरिकी विमान सुटुक्क नेपालमा
काठमाडौँ। नेपालमा अमेरिकी चार्टड विमान नेपाल आएर सुटुक्क फर्केको छ। अमेरिकामा लुकीछिपी बसेका सात जना नेपालीहरुलाई काठमाडौंको विमानस्थलामा ओरालेर सो विमान फर्केको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
हल्लाखल्ला नगरी विमान किन आयो किन फर्कियो भन्ने सन्दर्भमा नेपालका सुरक्षा अधिकारीहरु पनि केही बोल्न चाहेका छैनन्। उच्च स्रोतका अनुसार अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई अमरिकाले नेपाल फर्काउन लागि सो विमान नेपाल पठाएको हो।
उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल ल्याएको थियो। सात युवालाई बुधबार नेपाल ल्याइ पु-याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको स्रोतको दावी छ।
अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पु-याउने गरेको छ। यसपटक पनि सुटुक्क नेपाल ल्याएको हो। उनीहरु कुन ठाउँका हुन र अमेरिकामा कहिलेदेखि अवैधानिक रुपमा बसेका थिए भन्ने बारेमा केही बताइएको छैन।
नेपाल प्रहरीले पनि यो विषयमा आफूलाई जानकारी नभएको जनाएको छ। नागरिक उड्यडन प्राधिकरणलाई थाहा होला भनेर प्रहरी प्रधानकार्यालय पन्छिएको हो। ‘यो हिजोदेखि नै हल्ला भएको विषय हो मलाइ यसबारे जानकारी छैन’, प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment