१६ फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१६ असोज २०७७ १७:४३

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका पाँच, आगलागीका दुई, लुटपिट, कुटपिट र सवारी ज्यानका एक/एक गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै, जिप्रका मुगुबाट अंश भाग र कुटपिटका एक/एक, जिप्रका हुम्लाबाट जबर्जस्ती करणी, कालीकोटबाट लागुऔषध एक/एक, दैलेखबाट कर्तव्य ज्यान मुद्दा र बैंकिङ कसुरका एक/एक गरी छ फरार प्रतिवादी पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताए । तीन दिनमा ४८ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *