सर्लाहीका ४२ वर्षीय कोरोना सङ्क्रमितको चितवनमा निधन

रासस
१८ असोज २०७७ २२:०८

सर्लाही । लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आज साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए । चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका – ७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *